विराटनगर, साउन १९ – कोशी प्रदेशमा दैनिक सरदर चार जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । कोेशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७९–८० माा दैनिक सरदर चार जनाले आत्महत्या गरेको पाइएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता ऋषिराम कडेकलका अनुसार प्रदेशका १४ जिल्लामा गत वर्ष एक हजार ५ सय ५० जनाले आत्महत्या गरेका छन् ।
कोशी प्रदेशमा आर्थिक वर्ष २०७४–०७५ मा एक हजार १२० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७५–७६ मा एक हजार २३४, २०७६–७७ मा एक हजार ३४४ जनाले आत्महत्या गरेको तथ्यांक छ ।
आर्थिक वर्ष २०७८–०७९ मा एक हजार ४८९ र २०७७–०७८ मा सबैभन्दा बढी एक हजार ५१६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । यसरी आत्महत्या गर्नेहरुमा युवा धेरै रहेका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार गत वर्ष ८ हजार ७ सय १९ वटा अपराधका मुद्दा दर्ता भएका थिए । जसमा २ हजार ७ सय ७३ वटा किनारा लागेका छन् । ५ हजार ९ सय ४६ मुद्दा फर्च्यौट हुन् बाकीँ छ ।
तपाईको प्रतिक्रिया