काठमाडौ, साउन १८ — संवैधानिक परिषद्को बिहीबारको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीसमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लाई सिफारिस गरेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई वरिष्ठताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो । परिषद्बाट सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ भई अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदै छ । संविधानको प्रावधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिना अगावै नाम सिफारिस गरिसक्नु पर्ने भएपनि परिषद्ले ढिला गरी नियुक्ति सिफारिस गरेको हो ।

