काठमाडौं, साउन १८ बुधबार – तामझामका साथ राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेले महिलालाई लक्षित गरेर ब्लु बस र मोबाइल क्लिनिक सञ्चालन गरेपछि अहिले उक्त कामको मिश्रित प्रतिक्रियाहरु आइरहेको छ । कतिपयले यो कामलाई सकारात्मक भनेका छन् भने कतिले राजनीतिक स्टन्टबाजी भनेका छन।
रविले संञ्चालनमा ल्याएको ब्लु बसलाई अमेरीकन नक्कल भनेर सामाजिक संञ्जालमा प्रतिक्रिया आइरहेको छ भने तामझामका साथ चलाउन लागेको मोबाइल क्लिनिक सवारीसाधन भारतले अनुदानमा दिएको पाइएको छ। २०७१ सालमा भारतीय दूतावासले चितवन कलेज अफ मेडिकल साइसेन्सलाई दिएको गाडीलाई निलो रंगले पोतेर नयाँ स्वरुप दिइएको खबर बाहिर आएको छ ।
भारतिय राजदुतावासले हरेक वर्ष विभिन्न स्वास्थ्य संस्था र शैक्षिक संस्थालाई सवारीसाधन अनुदान दिँदै आएको गाडी उक्त कलेजलाई पनि अनुदानमा दिएको थियो। ना २ च ५६१९ नम्बरको यो गाडी कसरी रविको हातमा पुग्यो भन्ने खुलेको छैन।
तपाईको प्रतिक्रिया