Site icon Kathmandu Bulletin

स्ववियुद्धारा अध्यापन अनुमति पत्र सम्बन्धी अभिमुखिकरण आयोजना

डडेल्धुरा, साउन १८ – डडेल्धुरा जिल्लामा रहेको डडेल्धुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन को आयोजनामा अध्यापन अनुमति पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ ।बिहीबार स्ववियुले उक्त्त अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो।

क्याम्सपमा अध्ययनरत विद्यार्थीलाई अध्यापन अनुमति पत्र सम्बन्धीे जानकारी दिन अभिमुखिकरण कार्यक्रम गरिएको स्ववियू सभापति दुर्गा भट्टले जानकारी दिए। भोलीसम्म हुने कार्यक्रममा क्याम्पसकै प्रध्यापकहरूले विद्यार्थीलाई अभिमुखिकरण गरिरहेका छन्।

कार्यक्रमले निमावि तह शिक्षक अनुमति पत्रको तयारी गरिरहेका विद्यार्थीलाई टेवा पुग्ने समापति भट्टले जानकारी दिए।

Exit mobile version