एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभावकारी रहेको दावी गरेका छन् । उनले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गरेका छन्।
उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार बोल्दै उनले खोपबारे उक्त भनाइ राखेका हुन् । रूसी स्वास्थ्य अधिकारीहरूले बिहीवार रुसमा निर्मित स्पुत्निक लाइट (स्पुतनिक–भी) कोभिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो । विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनुपर्ने नै भएपनि स्पुत्निकको एकै मात्राले कोभिड–१९ उपचारमा निकै सफलता पाएको बताइएको छ ।
तपाईको प्रतिक्रिया