राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको दोश्रो बार्षिकोत्सब सम्पन्न
- नयाँ शिविर
- २०७७ असोज १२ सोमबार

शरद रिजाल
असोज१२,दाङ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानाले आफ्नो दोश्रो बार्सीकोत्सब सोमबार एक कार्यक्रमका बिच सम्पन्न गरेको छ ।साविक राप्ती अञ्चलका सल्यान रोल्पा रुकुम प्युठान र दाङका जनतालाइ सहज एबम सरल तवरले स्वास्थ्य सेवा पुर्याउने र दक्ष जनशक्ती उत्पादन गार्ने उदेश्यका साथ प्रतिस्ठानको स्थापना भएको हो ।देश संघीयतामा गए सङ्गै ५नबर प्रदेशको गहनाको रुपमा प्रतिस्ठान रहेको छ।कोभिड१९को जोखिमको बेला प्रतिस्ठानले ५नम्बर प्रदेशका जनतालाइ स्वस्फूर्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको सर्बबिदीतै छ।विभिन्न आरोह अवरोह पार गर्दै प्रतिस्ठान दोश्रो बार्सीकोत्सब मनाउन सफल भएको छ ।प्रतिस्ठानको स्थापना संगै आएका अनेकौ चुनौतीहरुलाइ प्रतिस्ठान नेतृत्वले चिर्दै सहज अवतरण गर्न सफल भएको छ।दोश्रो बार्सीकोत्सबको अबसरमा प्रमुख अतिथी देवनारायण चौधरीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानले गरेको कार्यको प्रशंसा गर्दै कोभिड१९को सन्त्रासका बेला चिकित्सक, स्वास्थ्यकर्मी र प्रतिस्ठान परीवारले खेलेको भुमिकाको स्मरण गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।अर्का अतिथी नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तले ५नम्बर प्रदेशका जनताको भरोसाको रुपमा प्रतिस्ठान रहेको र यसलाइ सफल बनाउन सबै पक्षले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो। प्रतिस्ठानकी उपकुलपती प्रा.डा.संगीता भण्डारीले सहमती गरि अघि बढे प्रतिस्ठानले सेवाप्रबाहमा कुनै कसुर बाकी नराख्ने बताउदै नर्सीङ तथा चिकीत्सा शिक्षा सञ्चालन गर्ने तयारीमा प्रतिस्ठान रहेको बताउनुभयो।संघीय सरकारका स्वास्थ्य मन्त्री सङ्ग आफ्नो भेटघाट तथा छलफल भैरहेको बताउदै प्रा.डा.भण्डारीले भन्नुभयो-समबन्धीत मन्त्रालयका मन्त्रीज्युले सहयोग गर्ने बचनबद्द्ता गरेको जानकारी गराउनुभयो।बिगतलाइ मात्र नहेरी बर्तमानलाइ हेर्न आग्रह गर्दै प्रा.डा.भण्डारीले भन्नुभयो-सहमती र छ्लफलबाट प्रतिस्ठान शसक्त बन्ने हो त्यसका लागि सम्पुर्ण दङ्गालीको साथ र सहयोग रहेको छ। दोश्रो बार्सीकोत्सब कार्यक्रममा प्रतिस्ठानको विभिन्न जिम्मेवारीमा रही उत्कृष्ट कार्य गरेका कर्मचारी र चिकित्सकहरुलाइ सम्मान गरिएको थियो ।कार्यक्रमको अध्यक्षता प्रतिस्ठानकी उपकुलपती प्रा.डा.संगीता भण्डारी र प्रमुख अतिथी देवनारायण चौधरी रहनुभएको कार्यक्रमको सञ्चालन डा.समिक्षा योगीले गर्नुभएको थियो।
तपाईको प्रतिक्रिया