Site icon Kathmandu Bulletin

स्वच्छ पानी पिउन नपाउदा जनता गाग्री बोकेर सडकमा उत्रीए

रामप्रसाद भुसाल
भाद्र२५,दाङ।घोराही उपमहानगरपालिका -४सुनपुर तल्लो भकारेका करिव १०५ घरधुरीका जनताले बिगत १बर्षदेखि स्वच्छ पानी पिउन नपाएको भन्दै गाग्री बोकेर सडकमा निक्लिएका छ्न ।पटक-पटक नगरपालिकामा अबगत गराउदा पनि कुनै चासो नदिएको भन्दै सुनपुर तल्लो भकारेबासी आन्दोलनमा उत्रीएका हुन ।सुनपुर टोलबिकास संस्थाका अध्यक्ष कुलबहादुर गोतामेले नयाशिविर सङ्ग भने बिगत एक बर्षदेखि धारामा पानी नआउने र कुवाको पानी पिउन योग्री नहुदा फोहोर पानी पिउनुपर्ने अबस्था सृजना भएको छ उनले भने-सम्बन्धित निकायमा बारम्बार जानकारी गराउदा पनि कुनै सुनुवाइ नभएपछी बाध्य भई सडकमा उत्रनुपरेको हो।घोराही उपमहानगर पालिका-४सुनपुर तल्लो भकारेका १०५ घरधुरीले बिगत एक बर्षदेखि स्वच्छ पिउने पानीबाट बन्चित रहेका छन ।पटक पटक ध्यानाकर्षण गर्दा पनि नगरपालिका जबाफदेखि नभएको भन्दै स्थानियबासी आक्रोशित बनेका छ्न।

Exit mobile version