भाद्र१८,दाङ। घोराही चेम्बर अफ कमर्सले क्यान्सर पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ। घोराही उपमहानगरपालिका वडा नं १४ लोहासुर निवासी ५२ बर्षीय सरीता श्रेष्ठको परिवारलाई उपचारमा सहयोग पुगोस भन्ने उदेश्यका साथ आर्थिक सहयोग गरेको हो ।
लामो समय क्यान्सर संग लड्दै आउनुभएकी सरीताको उपचारमा परिवारले धेरै रकम खर्च गरीसकेको छ । क्यान्सर पिडित परिवारलाई पछिल्लो समय आर्थिक अभावले सताईरहेको अबस्थामा घोराही चेम्बरले पिडित परिवारलाई मानबिय नाताले सहयोग गरेको हो ।
अहिले मुलुक बन्दाबन्दीको अबस्थामा छ।कोभिड-१९का कारण आमनागरिकको जनजिवन प्रभावित बनिरहेको छ। समुदायमा कोरोना संक्रमण बढिरहेको छ यस्तो अवस्थामा पनि घोराही चेम्बर अफ कमर्स ले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको सर्वविदितै छ।
मानब जिबनमा सुख र दुख एकै रथका दुई पांग्रा भएजस्तै सुखमा सबै खुशी हुन्छन भने दुखमा परेकाहरूलाई सहयोग गर्नु मानवीय धर्म भएकाले चेम्बरले आर्थिक सहयोग गरेको घोराही चेम्बरकि अध्यक्ष मञ्जु बज्राचार्यले बताउनुभयो ।
क्यान्सर पिडित परिवारका सदस्यलाई घोराही चेम्बर अफ कमर्सका महासचिब बिमल श्रेष्ठले सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो।
तपाईको प्रतिक्रिया