राजनैतिक शक्तिको आडमा भण्डारी परिवारमाथी अन्याय, सरोकारवाला निकायसँग न्यायको माग
- नयाँ शिविर
- २०७७ भाद्र ४ बिहीबार

भाद्र४,ललितपुर।ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ मा स्थायी बसोबास गरिरहेका नर बहादुर भण्डारीको घर अहिले बस्न जोखीम हुने गरि चर्र्कीएर भत्कन थालेको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता २ नंबर प्रदेशका अध्यक्ष प्रभु शाहका दाई नागेन्द्र शाहले भण्डारीको छिमेकीको टहरा सहितको जग्गा किने र टहरा भत्काएर घर बनाउने काम थाले नागेन्द्र शाहले ।आफै निमार्ण ब्यबसायी रहेका नागेन्द्र शाहले घडेरी बनाउने क्रममा स्काभेटरको प्रयोग गरे उक्त स्काभेटरको कम्पनले नरबहादुर भण्डारीको घरमा असर परी चर्कन थाल्यो जब जग खन्ने क्रममा भण्डारीको घरको पिलर समेत निस्कने गरी ठुलो खाल्डो खन्न थाले त्यसले भण्डारीको घरको कम्पाउण्ड वाल चर्कन थाल्यो । त्यतिबेला भण्डारी चितवनमा थिए ।
घरको कम्पाउण्ड वाल भत्केपछि नागेन्द्रले केही सिमेन्ट उपलब्ध गराउनुका साथै स्थानीय प्रहरी चौकीमा कम्पाउण्ड मर्मतको लागि २ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भयो र भण्डारी परिवारलाई दुईलाख क्षतिपूर्ति वापत उपलब्ध पनि गराए ।तर, जब शाह परिवारले घर निर्माणको काम अगाडि बढाए । समस्या त त्यतिबेला पदा भयो जब शाह परिवारलेघरमा तला थप्दै गयो यता भण्डारीको घर चर्कदैं गयो । साँढे तीन तलाको शाह परिवारको घर बन्दासम्म भण्डारीको घर भने भग्नाबशेष हुने गरी चकदै गयो ।
त्यसपछि भने भण्डारी परिवारको दुस्खका दिन सुरु भयो । त्यसपछि कैयौं पटक नागेन्द्र र प्रभु शाहसँग आफ्नो गुनासो लिएर पटक पटक गुनासो लिएर पुगे तर शाह परिवारले भण्डारीको कुनै कुरा सुन्न अस्वीकार गर्दै रहे । त्यसपछि भण्डारी परिवारले कानुनी प्रक्रिया सुरु गर्यो । नगरपालिकाको न्यायीक समीती हुँदै राष्ट्रिय मानवअधिकार आयोग सम्म गुहार्न पुग्यो भण्डारी परिवार ।
न्यायको लागि भौतारिंदा भण्डारी परिवारलाई शाह परिवारले सांघातिक आक्रमण गर्न लगाएको भण्डारी परिवारको आरोप छ । राजनैतिक शक्तिकै आडमा आफूलाई उठिबास लगाउन विभिन्न हतकण्डा अपनाइएको समेत भण्डारी परिवारको जिकिर छ ।महालक्ष्मी नगरपालिकाको न्यायीक इजलासमा २०७५ पुस २४ गते मुद्दा दर्ता गरेपनि नगरपालिकाको न्यायीक इजलासले आजसम्म उक्त मुद्दाको कुनै सुनुवाइ गरेको छैन् । न्यायीक इजलासमा आफूले दर्ता गरेको मुद्दा के भयो भन्दै भण्डारीले २०७६ जेठ १३ गते पुनः निवेदन दर्ता गरेका थिए त्यो पनि अहिलेसम्म सुनुवाई भएको छैन ।
दर्जन पटकभन्दा बढी छलफलको लागि नगरपालिकाले दुबै पक्षलाई छलफलको लागि भन्दै बोलाइएको भए पनि नागेन्द्र एकपटक पनि पुगेनन । कहिलेकाही पुगे भने पनि मेयरसँग कुरा गरेर निस्कने तथा आफूहरूसँग अहिलेसम्म एकपटक पनि छलफल नभएको पीडित भण्डारीको भनाइ छ ।
यसको विषयमा जानकारी लिन महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापासँग कुरा गर्दा ‘भण्डारी र शाहलाई मेलमिलाप गराउने पटक पटकको प्रयास असफल भएपछि मुद्दा अदालत पक्रियामा जान भण्डारीलाई न्यायीक इजलासले अनुमति दिएको छ ।’ उनले भनिन् ।
उपमेयरले यस्तो दाबी गरेतापनि घर निर्माण गर्ने क्रममा चारकिल्ला प्रमाणित गर्ने बेलामा सँधियारको हस्ताक्षर हुनुपर्नेमा भण्डारीको किर्ते हस्ताक्षर गरेर नागेन्द्र शाहले नगरपालिकामा बुझाएको भन्दै किर्ते सम्बन्धि मुद्दा नगरपालिकाले फैसला नगरेपछि अदालत गएपनि क्षतिपूर्ति लगायतका अन्य मुद्दा भने नगरपालिकाको न्यायीक इजलासमै रहेको पीडित भण्डारीको भनाइ छ ।
राजनीतिक शक्तिको आडमा आफ्नै छिमेकीको उठिबास लगाउनु भएछ नि भन्ने प्रश्नमा प्रभु शाहका दाई नागेन्द्र शाहले आफ्नो घर निर्माण गर्ने क्रममा भण्डारीको घरमा क्षति नपुगेको दाबी गर्दै भण्डारीले आफ्नो घरको तला थप्ने क्रममा जग कमजोर भएको हुनाले भण्डारीको घरमा क्षति पुगेको जिकिर गरे ।
कसैले भनेकै भरमा आफू दोषी नहुने भन्दै नागेन्द्रले अदालतमा मुद्दा गैसकेकोले अन्तिम छिनोफानो अदालतले नै गर्ने उनकोभनाई छ ।
यता पीडित भण्डारीले भने नगरपालिकाले राजनैतिक प्रभावमा परेर आफूमाथि अन्याय गरेको दाबी गरे । आफू नेपाली कांग्रेसको समर्थक भएकै कारणले गर्दा आफूलाई अन्याय गरेको भन्दै आफूलाई क्षतिपूर्ति उपलब्ध गराउन वा नयाँघर निर्माण गराइदिन सरोकारवाला निकायसँग उनले माग गरेका छन् ।
तपाईको प्रतिक्रिया