शिद्दरत्ननाथ माबी नारायणपुरले ब्याबसायिक सटर निर्माण गर्दै
- नयाँ शिविर
- २०७७ श्रावाण ३१ शनिवार

श्रावण ३१ दाङ।घोराही उपमहानगरपालिका वडा नं १०नारायणपुर स्थित श्री सिद्दरत्ननाथ माध्यामीक बिधालयले ब्यबसायिक प्रयोजनका लागि सटर निर्माण कार्यलाई तिव्र रुपमा अगाडि बढाएको छ।
दाङ जिल्लाको पुरानो बिधालयको रूपमा परिचित सिद्दरत्ननाथले अनेकौ आरोह-अवरोह पार गर्दै दक्ष जनशक्ति उत्पादन गरेको सर्बविदीतै छ । गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनका लागि आर्थिक रूपमा बिधालय मजवुत हुन जरूरी छ। बिधालयको श्रेष्तामा रहेको खाली जग्गाको सदुपयोग गर्दै बिधालय ब्यवस्थापन समिति र प्रशासनले व्यवसायीक सटर निर्माण गर्न लागेको हो ।
साबिक नारायणपुर, ढिकपुर ,हापुर गाविस तथा दाङका छिमेकी पहाडी जिल्ला बाट पनि बिध्यार्थी पठनपाठनका लागि सिद्धरत्ननाथ मा बि मा आउने गरेका छन्।
बिधालयलाई आर्थिक रूपमा मजवुत बनाई बिध्यार्थी भाईबहिनीहरुको रोजाई अनुसार पठनपाठन गराउने उद्देश्यले व्यवसायीक सटर निर्माण गर्न लागेको बिधालय व्यबस्थापन समितिका अध्यक्ष दिपिक पाण्डेले बताउनुभयो ।
नारायणपुर बजार देखि दुरसंचार जाने बाटोमा ब्यवसायिक प्रयोजनका लागि बिधालय प्रशासनले १९ वटा सटर निर्माण कार्यलाई तिव्र रुपमा अगाडि बढाएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो। अन्य ब्यवसायिक सटर निर्माणका लागि आर्थिक स्रोतको खोजी भैरहेको र स्रोत जुट्ने बित्तिकै थप सटर निर्माण गर्ने सोच बिधालयको रहेको पाण्डेले बताउनुभयो । बिधालयको भौतिक संरचना निर्माणका लागि स्थानीय, प्रदेश र संघिय सरकार संग बजेट माग गरीएको जानकारी उहाँले दिनुभयो । सिद्धरत्ननाथ मा बि को स्वामित्वमा रहेका अधिकांश जमिन घोराही तुलसीपुर सडक खण्डमा रहेको र आर्थिक स्रोत जुटेको खण्डमा धेरै ब्यवसायिक सटर निर्माण गर्न सकिने सोच बिधालय प्रशासनले लिएको उहाँले बताउनुभयो।
सिद्धरत्ननाथ मा बी को पुरानो भबन पुनःनिर्माणका लागि शिक्षा बिभागबाट रू१५ लाख बिनियोजन भएको बिधालयका प्रधानाध्यापक उत्तम खनालले बताउनुभयो ।घोराही उपमहानगरपालिकाको समन्वयमा उपभोक्ता समिति मार्फत बिधालयको भबन पुननिर्माण गरीने खनालले बताउनुभयो ।
तपाईको प्रतिक्रिया