नेपाली कांग्रेस घोराही- १०ले क्रियाशील सदस्यता नविकरण गर्दै
- नयाँ शिविर
- २०७७ श्रावाण ३० शुक्रबार

दिपेन्द्र बुढाथोकी
श्रावण ३०दाङ,नेपाली कांग्रेस घोराही उपमहानगरपालि वडा नं. १०ले नेपाली कांग्रेसको महाधिवेशन मिती तोकियसंगै क्रियाशील सदस्य नविकरण कार्यलाई तिव्ररूपमा अगाडि बढाएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०७७साल पौष र फाल्गुण महिनामा नयाँ नेतृत्व चयन गर्ने गरी मिति तय गरिएको छ। देशब्यापी रुपमा कांग्रेस क्रियाशील सदस्य नविकरण कार्य भईरहेको छ।
घोराही उपमहानगरपालिका वडा नं १०मा नेपाली कांग्रेसका क्रियाशील सदस्य २२७जना रहेको र प्रत्येक सदस्यहरुको घरमै गई नविकरण गरीएको नेपाली कांग्रेस घोराही- १०का सभापति देवबहादुर वलीले बताउनुभयो । नविकरण गर्ने समय सकिनै लाग्दा घोराही- १०सभापति वलीले जो जहाँ छ त्यही भेटी नविकरण कार्यलाई तिव्रता दिईएको बताउनुभयो ।
घोराही उपमहानगरपालिका वडा नं १०भित्र अन्दाजी ३०गाऊँहरू रहेकोमा अधिकांश गाऊँमा पुगी क्रियाशील सदस्य नविकरण गरिएको उहाँले बताउनुभयो।
बिश्वब्यापी संकट एवं महामारीको रुपमा देखिएको नोवल (कोभिड-१९)कोरोना भाइरसका कारण आमनागरिकको जनजिवन प्रभावित बनिरहेको समयमा कोभिड संग सतर्कता अपनाउदै सदस्यता नवीकरण कार्य गरीएको सभापति वलीले बताउनुभयो ।हाल पुराना सदस्यहरुको नविकरण गरीएको र छिट्टै नयाँ सदस्यता वितरण गरीने उहाँले बताउनुभयो।
सदस्यता नवीकरण कार्यमा कांग्रेसका अगुवा नेता कार्यकर्तालाई भ्याइनभ्याइ छ । नेताहरू प्रत्येक गाऊँ, टोल र बस्तिमा पुगेका छन्। नेताहरूलाइ आफ्नै टोलछिमेकमा देख्दा कार्यकर्ता उत्साहित भएका छन्।
नेपाली कांग्रेस घोराही- १०ले यसपटक क्रियाशील सदस्य नविकरण गर्दा प्रत्येक सदस्यलाई kn95 मास्क बितरण गरी नयाँ कामको सुरुवात गरेको छ। मानब स्वास्थ्यलाई ख्याल गर्दै नेपाली कांग्रेसका यूवानेता अभियान बस्नेतले नेपाली कांग्रेस १०न वडा कमीटीलाई निसुल्क मास्क उपलब्ध गराउनुभएको थियो। कोरोना संक्रमणबाट बच्न मास्क सबैभन्दा उत्तम उपाय भएकोले ने .का घोराही- १०लाई मास्क सहयोग गरेको बस्नेतले बताउनुभयो ।
सदस्यता नवीकरण कार्यमा कांग्रेस जिल्ला, क्षेत्र, नगर र वडा कमीटीका नेताहरूको उपस्थिति रहेको थियो। घोराही- 10 अर्घुं लमडरूवामा सदस्यता नवीकरण कार्यक्रम गरीएको थियो ।कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य
कमल वली,नेपाली कांग्रेस क्षेत्र नं २का सचिव बद्री खड्का,घोराही ८का सभापति कुलप्रसाद रजौरे (श्रबण),घोराही -१०का सभापती देवबहादुर वली कांग्रेस नेता डिल्ली वली,प्रताप बुढाथोकी र केशवराज गौतमको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया