श्रावण २६,दाङ।दाङ घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका टेवल कुर्सी विद्युतीय हाजीरी मेशिन र क्याम्पस प्रमुखको नेमप्लेट लगायतका भौतीक सामाग्री जलाएका हुन ।क्याम्पस प्रमुख दिवाकर शर्मालाइ कार्यकक्षबाट बाहिरल्याइ कार्यकक्षमा तालाबन्दी पनि गरेका छन ।उनिहरुले प्राध्यापनको समान पारीश्रमिक पाउनुपर्ने र आफुहरुमाथी भएको बौद्दीक शोषणको अन्त्य गरीनुपर्ने भन्दै प्लेकार्ड सहित नाराबाजी समेत गरेका छन ।बिगत लामो समयदेखी नेपाल आंशिक प्राध्यापक संघ ले आंशिक प्राध्यापकहरुलाइ करारमा नियुक्ती गर्नुपर्ने मागसहित आन्दोलन अघाडी बढाइरहेका छ्न ।आफ्ना मागहरुमा कुनै सुनुवाइ नभएपछी बाध्य भएर तालाबन्दी गर्नुपरेको आंशिक प्राध्यापक बालकृष्ण डागीले जानकारी दिएका छ्न ।हाल दाङको महेन्द्र बहुमुखी क्याम्पसमा मात्रै ४२जना आंशिक प्राध्यापकहरु कार्यरत रहेका छ्न ।
तपाईको प्रतिक्रिया