Site icon Kathmandu Bulletin

प्रचण्डका सुरक्षाकर्मीमा देखियो कोरोना,प्रचण्ड सहित परीवारका अन्यको रिपोर्ट नेगेटीभ

श्रावण२२ काठमाडौ ।नेपाल कम्युनिस्ट पाटी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निजि सुरक्षा मा रहेका६जनासुरक्षाकर्मीलाइ कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।ललितपुरको बिद्य म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।प्रचण्ड र उनका परीवारका ५३जनाको परीक्षण गर्दा ६जना सुरक्षाकर्मी बाहेक अरुमा संक्रमण नदेखिएको प्रचण्डको सचिवालयले जनाएको छ।प्रचण्डको निजि सचिब समेत रहेकी छोरी गङगा दाहालले सामाजिक संजालमार्फत अध्यक्ष प्रचण्डलगायत अन्य सबैको रिपोर्ट नेगेटिभ आएको र सुरक्षामा खाटिएका ६जना प्रहरीमा मात्र संक्रमण देखिएको बताएकी छिन।

Exit mobile version