साउन १४,अछाम।अछामकी एक क्यान्सर पीडित किशोरीको उपचारमा सहयोग गर्न स्थानीय स्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत क्यान्सर पीडित किशोरीलाई हस्त्तान्तरण गरिएको छ ।
सामाजिक संजाल र अन्य माध्यमबाट उपचारका लागि युवाहरुले सहयोगको अपिल गरेका थिए । ढकारी गाउँपालिका- ६ मोयागाडा कि १८ वर्षिया मनसरा बुढाको उपचारमा आर्थिक संकट देखिएपछि सहयोग गर्न अपिल गरिएको थियो । उपचाररत किशोरीको लागि मंगलसेन नगरपालिका -५का युवा रिदम बिसीर जगत वडले आफैं र अभियान संचालन गरेर संकलन गरेको ६५ हजार १ सय ३५ रुपैयाँ र ढकारी गाउँपालिकाका भुपेन्द्र बुढा र देबेन्द्र बुढाले स्थानीय स्तरबाट संकलन गरेको १ लाख ५ हजार गरि १ लाख ७० हजार ३ सय ८ रुपैयाँ हस्तान्तरण गरिएको हो । आइतबार नै क्यान्सर पिडित किशोरीलाई नेपाली नागरिकता प्रदान गर्दै अछामका प्रमुख जिल्ला अधिकारी पौडेलले पिडितको उपचारको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अभियन्ता बुढाका अनुसार उसअघि सहयोगी व्यक्तिहरुबाट प्राप्त भएको २० हजार १२ रुपैयाँ किशोरीकी आमालाई बुझाइएको थियो । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराईरहेकी बुढाको बायाँ खुट्टामा क्यान्सर देखिएको हो । उनका बुवाको निधन भैसकेकाले पनि पारिवारिकरुपमा समस्या रहेको हुँदा आफन्तको सहयोगले अस्पतालसम्म पुर्याइएको हो । पीडितका आफन्त समेेेमेत रहेका भुपेन्द्र बहादुर बुढाका अनुसार मनसराको उपचारमा करिब १० लाखसम्म खर्च लाग्ने छ । यसको लागि नागरिकस्तरबाटै सहयोगको अपिलमा जुटेको बुढाले बताउनुभयो ।
तपाईको प्रतिक्रिया