अनिल अधिकारी
साउन१४ ,दाङ
सामाजिक अभियान्ता एवं नेपाल तरुण दल दाङका सदस्य तरूण नेता बिर बहादुर खत्री (बिरू)ले नेपाल नेत्रज्योती संघ आँखा उपचार केन्द्र घोराहीमा कार्यरत कर्मचारीहरूलाई एक कार्यक्रम बिच मास्क बितरण गर्नु भएको छ ।
नोवल (कोभिड-१९)कोरोना भाइरसका कारण आमनागरिकको जनजिवन प्रभावित बनिरहेकाबेला मानव स्वास्थ्यलाई ख्याल गर्दै घोराही आँखा उपचार केन्द्रमा कार्यरत कर्मचारीहरू लाई मास्क बितरण गरीएको हो। सामाजिक कार्य मा निरन्तर क्रियाशील बिरूले हालसम्म ६ हजार ब्यक्तिलाई मास्क बितरण गरीसक्नुभएको छ ।मास्क बितरण अभियान घोराहीबाट सुरू गरेका बिरूले अहिले जिल्लाब्यापी रूपमा बितरण अभियान सुरु गर्नुभएको छ।
निम्नपरीवारका सदस्य बिरूको अभियानबाट प्रतक्ष लाभान्वित भएका छन्। दैनिक ज्यालादारी मा कामगर्ने मजदुरहरूलाई बिरूको अभियानले मद्दत पुगेको मजदुरहरू बताउँछन् । घोराही र तुल्सीपुरमा अधिकांश ब्यतिहरूलाई मास्क बितरण गरेका बिरूले छिट्टै लमहीमा अभियान थालिने जानकारी दिनुभयो। संस्थागतरूपमा पनि मास्क बितरण कार्य लाई अगाडि बढाएका बिरूले जिल्लाका कुनैपनि ब्यक्ति मास्क बिहिन हुन नपरोसभन्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
सुरूवातीका दिनहरूमा मास्क बितरण गर्दा कुराकाट्नेहरूको अहिले मुख बन्द भएको उहाँले बताउनुभयो। सकारात्मक सोच र उद्देश्य बोकी सामाजिक कार्यमा लाग्दा ईश्वरिय आनन्द प्राप्त हुने उहाँको भनाइ छ।
घोराही आँखा उपचार केन्द्रमा मास्क बितरण पश्चात कर्मचारीहरूले आफुहरूको स्वास्थ्यलाई ख्याल गर्दै मास्क उपलब्ध गराएकोमा सामाजिक अभियान्ता बिरूलाई विषेश धन्यवाद दिएका थिए।
कोरोनाको त्रास अझैपनी कायमै रहेको अबस्थामा मास्कले धूवाँधूलो,रूघाखोकी र कोरोना संक्रमणबाट बच्न सकिने भएकोले मास्क बितरण अभियानलाई निरन्तरता दिने बिरूले बताउनुभयो ।
तपाईको प्रतिक्रिया