११ साउन,दाङ। राप्ती गाउँपालिकामा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका मध्य २ जनाको ज्यान गएको छ । लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीचोकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका पौने ७ बजे ठक्कर दिदा घाइते भएका ५० वर्षिय गाउँका अगुवा राजकुमार चौधरी र सोही गाउँका रेमलाल चौधरीका ८ वर्षिय छोरा निसान चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो ।
गाउँका अगुवा राजकुमार चौधरीको कोहलपुरमा र बालक निसानको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । सोही घटनामा परेर घाइते अन्य ३ जनाको बुटवलमा उपचार भइरहेको छ ।
घाईते राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षकी बालिका सृष्टि गुरूङ, २२ वर्षकी गौरी चौधरी र उनकी २ वर्षकी छोरी लक्ष्मी चौधरी रहेका छन् । गुरही सेलाउने क्रममा स्कारपियो जिपले ठक्कर दिदा दुर्घटना भएको थियो ।
तपाईको प्रतिक्रिया