गायनमा भविष्य खोज्दै दङ्गाली युवा प्रतिभा
- नयाँ शिविर
- २०७७ श्रावाण ११ आइतबार

श्रावण ११,दाङ । घोराही उपमहानगरपालीका वडा न१०मा बुवा लालबहादुर परियार र आमा केशरी परियारको कोखबाट जन्मिएका प्रतिभाशाली बिजय परियार गित संगीतको क्षेत्रमा संघर्षशील ब्यक्ती हुन ।बाल्यकाल देखि गित गाउन रुचि राख्ने परियार सानै देखि गित गाउने गर्दथे ।हालसम्म निरन्तर साङ्गीतीक क्षेत्रमा सक्रीय रहदै आएका छ्न ।२०६५/६६मा दाङको इन्द्रेणी एफ एम द्वारा आयोजित प्रतिस्पर्धात्मक गायन प्रतियोगीता “इन्द्रेणी आइडलमा सहभागी भइ प्रथम स्थान हासिल गरे सङ्गै उनको औपचारिक रुपमा साङ्गीतीक करिअर सुरु गरेका हुन ।इन्द्रेणी आइडलको सिजन १मा बरिस्ठ गायक रामकृष्ण ढकाल दाङकै सर्जक डा.गोबिन्द आचार्य लगायतको निर्णायक मण्डलको टिमबाट उनी छ्नोट भइ उनले प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए ।येसै गरि रेडियो नेपालबाट आयोजित पाच नम्बर प्रदेश स्तरी गायन प्रतियोगीतामा सम्मेत आफ्नो क्षमता प्रस्फुटन गर्दै प्रथम स्थान ओगट्न सफल भएका थिए ।निरन्तर नियमित तवरले अनुशासनपुर्वक गायन सङीत साधनामा लागेका परियारलेहाल सम्म एक दर्जन जति फुटकर गितहरुमा स्वर दिइसकेका छ्न ।भने थुप्रैगित सङ्गीत क्षेत्रका संघ सस्थाहरुबाट नव गायकको उपाधी समेत प्राप्त गरीसकेका छ्न । गितमा स्वर समेत दिई सकेका छ्न ।गित संगीतको क्षेत्रमा अन्तरहृदयका साथ लागेका परियार एक कुशल गायक बन्ने उदेश्यमा दृढ सङकल्पीत छ्न ।गायन साधनामा अझै निखारता ल्याउन र गायन यात्रालाइ अघाडी बढाउन राजधानी काठमाडौ छिरेका परियारले गायन क्षेत्रमा संघर्षरत छ्न ।आफ्नो गायन क्षेमतालाइ थप सबल बनाउन शास्त्रीय संगीत सिक्दै गायन कर्ममा निरन्तर अथकरुपले लागिरहेका छ्न ।दाङजस्तो मोफसलबाट आफ्नो प्रतिभा उजागर गर्दै थप निखारता ल्याउन राजधानीमा भबिस्य खोज्दै संघर्सशील रहेका छ्न दङ्गाली स्रस्टा परियार निकट भबिस्यमै एक कुशल गायक बन्ने उदेश्यका साथ सृजनात्मक क्षमतालाइ उजागर गर्दै आफ्नो प्रतिभा प्रस्फुटन गरि सम्पुर्ण दर्शक श्रोताको मन जित्न उद्द्त रहेका छ्न ।
तपाईको प्रतिक्रिया