श्रावण ८,काठमाडौँ । श्रीमती हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआइजी) रञ्जन कोइराला थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले सजाय छुट दिने फैसला गरेपछि बिहीबार उनी थुनामुक्त भएका हुन्।
श्रीमती गीता ढकालको हत्या आरोपमा २०६८ माघ ८ गते पक्राउ परेका कोइरालाई काठमाडौं जिल्ला अदालत र पाटन पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। काठमाडौँ जिल्ला अदालतले २०७१ वैशाख ७ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। सोही फैसलालाई २०७२ मंसिर २३ गते पुनरावेदन अदालत पाटनले सदर गरेको थियो।
उक्त मुद्दामाथि सुनुवाइ गर्दै असार १५ गते सर्वोच्च अदातले कोइरालाको थुनाअवधि घटाएर आठ वर्ष ६ महिनामा झारेपछि उनी बिहीबार रिहा भएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको थियो।
फैसलामा कोइरालाले श्रीमतीलाई तत्काल आवेगमा आइ हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षा, दीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको भनिएको छ।
तपाईको प्रतिक्रिया