२५ असार, जनकपुर । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर २ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार बैंकका प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
मुख्यमन्त्री राउतले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको सहयोग महत्वपूर्ण हुने बताउँदै बैंकलाई धन्यवाद दिनु भयो । बैंकले आफ्नो सहयोगबाट कोरोना भाइरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा त्यसविरुद्व लड्न प्रदेश सरकारलाई थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।
ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपतको अवस्थामा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ ।
तपाईको प्रतिक्रिया