असार २५,तनहुँ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडानम्बर ५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विकलाई बुधबार म्याग्दे गाउँपालिका वडानम्बर ३ स्थित धयरेबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा विकलाई जिल्ला अदालत तनहुँले २०६७ कात्तिक १३ गते ६ वर्ष कैद ४५ हजार जरिवानाको फैसला सुनाएको थियो । प्रहरीका अनुसार विकलाई जिल्ला अदालत पेश गरिएकामा बाँकी रहेको ६ वर्ष कैद तथा तोकिएको जरिवाना भुक्तानीका लागि बुधबार नै कारागार चलान गरिएको छ ।
विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तीव्रता दिइएको तनहुँ प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया