दैलेख, असार २३ प्रतिनिधि सभाकी सांसद पार्वती बिशुन्केको पहलमा दैलेखका ६वटा बिद्यालयलाई सुचना प्रबिधि सामाग्री पठाइएको छ। सुचना प्रविधी प्रयोगशाला मैत्री सामुदायिक बिद्यालय बनाउने कार्यक्रम अन्तर्गत दैलेख जिल्ला निर्वाचन क्षेत्र नस्१ का त्रिभुवन मावी नयाबजार,सीता जनसहयोग मावी डुङेश्वर गाउपालीका,भैरव मावी भगवतीमाइ गाउपालिका,भगवती मावी महावु गाउपालिकालाई सामाग्री प्रदान गरीएको हो ।प्रत्येक बिद्यालयलाई २४थान कम्प्युटर ,१थान प्रोजेक्टर ,१थान प्रीण्टर,४थान सिसीटीभी क्यामेरा,१थान सिसीटीभी मोनिटर,१थान नेटवर्क भिडिओ रेकर्डर लगायतका सुचना प्रविधी सामाग्रीहरु प्रदान गरिएको छ ।आजको युग सुचना प्रविधीको युग भएकाले बिधालयस्तर देखि नै विद्यार्थीहरु सुचना प्रबिधीमा अभ्यस्त भएमा मात्रै वेरोजगार समस्याको निराकरण हुने साम्सद विशुन्केले बताउनुभयो ।
उहाले भन्नुभयो ूबिस्ववजारमा बिक्न सक्ने दक्ष प्रबिधीयुक्त जनशक्ती उत्पादन गर्न विधालय स्तर देखि नै प्रबिधी मैत्री शिक्षा आजको आबश्यकता रहेको हुदा प्रत्येक बिधालयलाइ सुचना प्रविधीको पहुच पुर्याउन प्रयत्नशील छु ूकोरोना भाइरसले देशमा लक डाउन भएको कारणले सामाग्री पठाउन केही समय लागेको साम्सद बिशुन्के ले बताउनुभयो ।
सुचना प्रविधीको उपयोग गरि युग अनुसारको शिक्षा दिन सकेमा मात्रै सामुदायिक बिधालयको गुणस्तरमा बृद्दी हुने हुदा हाम्रो शिक्षा प्रणालीमा सुधार ल्याउन देशैभरी येस्ता कार्यक्रम संचालन गर्न आबश्यक रहेको सांसद बिशुन्केले बताउनुभयो ।
२०७५ साल पौष १ गते देखि सङघीय सरकारको संचार मन्त्रालय र दुरसन्चार प्राधिकरण को संयुक्त लगानिमा देशभरीका सामुदायीक विधालयहरुलाइ प्रविधी मैत्री बनाउने उदेश्यले सुचना प्रविधी प्रयोगशाला मैत्री सामुदायिकबिद्यालय बनाउने कार्यक्रम लागू गरिएको थियो ।
तपाईको प्रतिक्रिया