दाङ, असार १८
दाङको तुलसीपुरमा एक युवतीले फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन्।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका(५ रानीजरुवा निवासी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यराति फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी हुन्।
दाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गणेश चन्दले घटनाको पुष्टि गरे।
खबर आउनेबित्तिकै प्रहरी टोली परिचालन भएको भए पनि युवती भएको कोठामा पुग्दा उनको मृत्यु भइसकेको थियो। विवाहित उनी माइतीमा बसेकी थिइन्। माइती घरका पनि सबै जना भारत गएकाले उनी कोठामा एक्लै रहेको प्रहरीले जनाएको छ। तर घटनाबारे विस्तृत खुल्न बाँकी छ।
‘हामी घटनाको विस्तृत अनुसन्धान गरिरहेका छौं,’ एसपी चन्दले बिहीबार बिहान नया शिवीर सँग भने।
अहिले युवतीको शव राप्ती प्रादेशीक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया