काठमाडौं । नेपालमा थप ४ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।गत २४ घन्टामा ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयमा अायोजित पत्रकार सम्मेलनमा उहाँले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको बताउनुभयो । तीमध्ये ३ हजार १३ जना निको भएका छन् ।
नेपालमा अहिलेसम्म २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

