भारतको जम्मु-कस्मिरमा भएको गोलाबारीमा परी भारतीय सेनामा कार्यरत गुल्मीका एक युवाको मृत्यु भएको छ।गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा- ५ खर्ज्याङ घर भएका भारतीय सेनाका हवल्दार दीपक कार्की सोमबार विबहान भएको गोलाबारीमा परेका थिए। कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै रहँदा गोलाबारीमा पाकिस्तानतिरबाट गोलाबारी भएको थियो।
गोलाबारीमा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ।भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले पाकिस्तानी सेनाको गरेको आक्रमणमा ३/५ गोरखा राइफल्समा कार्यरतकार्कीको मृत्यु भएको बताएका छन्।१८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षीय कार्की हाल रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राम बस्दै आएका थिए। कार्कीको परिवारमा ९० वर्षीय बुवा एक श्रीमती २ छोरी र एक छोरा छन्।मृतक कार्कीका दाजु कृष्णबहादुर कार्की केही दिनअघि भारतबाट आएर २४दिनदेखि गुल्मीको छत्रकोट गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयको क्वारेन्टिनमा छन्।
भारतको गोरखपुरमा सेनाको टुकुडीले सम्मान अर्पण गरेपछि मृतक कार्कीको अन्त्येष्टि गरिने मृतकका दाजु कृष्णबहादुर कार्कीले बताए। अहिले कार्कीको परिवार शव बुझ्न गोरखपुर गएका छन्।
तपाईको प्रतिक्रिया