काठमाडौं । आइतबार नेपाली आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दै छ। वरिष्ठ खगोलविद सहप्राध्यापक जयन्त आचार्यका अनुसार काठमाडौंको आकाशमा ८८ प्रतिशतसम्म सूर्य ढाकिनेछ।
सुदूरपश्चिमको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने आचार्यले बताएका छन।
सूर्य ग्रहण नेपाली समयअनुसार बिहान १० बजेर ५५ मिनेटमा सुरु भई अपराह्न २ बजेर २४ मिनेटमा सकिनेछ। आचार्यले भने,१२ बजेर ४१ मिनेट जाँदा सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिनेछ। त्यतिबेला वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ।ु
यति लामो समय ९साढे ३ घण्टा० सम्म सूर्य ग्रहण विरलै देखिने आचार्यले बताए। उनका अनुसार नेपालबाट अब यस्तो सूर्य ग्रहण ४४ वर्षपछि मात्र देखिनेछ।
कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने खगोलविद् आचार्यले बताएका छन।
तपाईको प्रतिक्रिया