“बलिदान दिन तयार छौं तर सीमा मिचीन दिन्नौं”
- नयाँ शिविर
- २०७७ असार १ सोमबार

काठमाडौँ । प्रतिनिधि सभा सांसद भगवती न्यौपानेले नेपाली बलिदान दिन तयार रहेको तर सिमा मिचेको सहन नसक्ने बताउनु भएको छ ।
आज प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन ) विधेयक २०७७ राष्ट्रियसभा समक्ष टेवुल भएको छ । सोहि राष्ट्रियसभामा भएको छलफलमा बोल्दै सांसद न्यौपानेले बलिदान दिन सकिने तर सिमा मिचेको सहन नसक्ने बताउनु भएको हो ।
नेपाल सरकारले हालै सार्वजनिक गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सामा स्वाभिमानी रगत बगेको उहाँले बताउनु भयो । सभामा सांसद न्यौपानेले राष्ट्रियताको पक्षमा समर्मित सबै जनता , रगत बगाउने शहीद , कालापानी पुगेर मार्च पास गर्ने अग्रज सबैप्रति सम्मान समेत व्यक्त गर्नुभएको थियो ।
लिम्पिया धुरा , लिपुलेक र कालापानी समेटिएको नक्शा जारी गर्नु र जारी नक्शालाई संविधान संशोधन गरि निशान छापमा समावेश गरि ईतिहासको महान कार्यको रुपमा अंकित गराउन सकेको भन्दै न्यौपानेले सरकार र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंशा गर्नुभएको हो । उहाँले नक्सामा समावेश भएपछि अव छिट्टै भूीम उपभोग गर्न पाइयोस भन्दै सरकारलाई सुुझाउनु भएको हो ।
सरकार , ईतिहासकार , लेखक , भूगोलबिध र बुद्धिजीवीहरुले हाम्रो भुमिको बारेमा दर्जनौं तत्यहरु संकलन गरेर सार्वजनिक गरिरहनु भएको र तिनै तथ्यहरुले कालिनदी सिमाना रहेको र काली पुर्वको भुभाग नेपालको हो भन्ने पुष्टि भएको कुरामा न्यौपानेको जोड रहेको थियो ।
सुगौली सन्धिमा हाम्रो एक तिहाई भुमि गुमेको र सुगौली सन्धि र त्यसपछिका पुरक सन्धिहरुले कायम गरेको सिमाना कालीनदिका बारे भारतले पछि आएर गलत नियत राखी मिचेको उहाँको आरोप छ । भारतले सिमा मिचेको हो भन्ने प्रसस्त प्रमाण रहेको बताउँदै सांसद न्यौपानेले ईष्ट ईण्डिया कम्पनीले जारी गरेको नक्शाले समेत कालिनदी लिम्पियाधुराबाट नै बगेको देखाएको कुरा उल्लेख गर्नुभयो ।
भारतले शाखा नदि देखाएर काली नदि यही हो भनेर बेईमानी गरेको दाबी गर्दै हामी हाम्रो सार्बभौमिकताको रक्षा गर्न केही कसुर बाँकि नराख्ने उहाँको जोड थियो । साथै, ‘राष्ट्रियताको सबालमा टुक्रीन तयार छौं तर पछि हट्दैनौ’ उहाँले भन्नु भयो—‘ अहिले प्रदर्शन भएको अभुतपुर्व राष्ट्रिय एकता कायम राखौं र भुमि फिर्ता गराउन सरकारलाई साथ दिउँ’
तपाईको प्रतिक्रिया