काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल—भारतको सम्बन्धलाई रोटि—बेटिका संज्ञा दिदै सीमा विवाद वार्तावाटै मिलाउनु पर्ने बताउनुभएको हो ।
मन्त्री सिंहले नेपाल र भारतका बिच रहेको रोटि बेटको सम्बन्ध कसैले पनि तोड्न नसक्ने बताउनु भएको हो । उहाँले लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै हल गरिने बताउनु भएको हो ।
भारतको नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेको उनले उहाँको भनाई छ । गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिने गरेको भन्दै उनले नेपालसँगको सम्बन्ध टुट्न नसक्ने उहाँले बताउनु भएको हो । उहाँले भन्नुभयो ‘म विश्वासको साथ भन्न चाहन्छु कि भातीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन सक्दैन । हाम्रो नेपालसँग यति गहिरो सम्बन्ध छ । हामी सबै समस्याको सामाधान वार्ता र सम्वादमार्फत नै गर्नेछौँ ।’
मन्त्री सिंहले यो भन्दा पहिला पनि विभिन्न अन्र्तवार्तामा नेपाल र भारतबिच मनमुटान हुन नहुने र नदिने बताउँदै आईरहनु भएको छ ।
तपाईको प्रतिक्रिया