काठमाडौँ, ३१ जेठ । आम नेपाली तथा नेपाल प्रति सद्भाव प्रकट गर्ने सम्पूर्ण देश तथा विदेशी नागरिकको शिर उच्च हुने गरी सरकारले प्रतिनिसभाको बैठकले नेपालको संविधान संशोधन विधेयक दोस्रो संशोधन २०७७ सर्वसम्मतले पारित भएको छ ।आजको प्रतिनिधिसभाको बैठकले कानुन न्याय तथा संसदीय मन्त्री डा. शिवमाया तुम्वाहाम्फेद्वारा प्रस्तुत नेपालको संविधान संशोधन विधेयक दोस्रो संशोधन २०७७ संविधानको अंग बनोस् भन्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको हो । संबिधान २०७२ को अनुसूची ३ को नयाँ निशान छाप समाबेश गराउन भएको संविधान संशोधन सर्वसम्मतले पारित गरेको हो ।
२५८ जना सांसदहरुको उपस्थितीमा भएको मतदानमा शतप्रतिशत जनाले संशोधनको पक्षमा मतदान भएको छ । विपक्षमा कुनै सांसदले पनि मतदान गर्नुभएन । जसअनुसार संविधान संशोधनका लागि भएकाे मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन । २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभयो ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहित समेटेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनीक नक्सालाई निशान छाप सम्बन्धी संविधान संशोधन सर्वसम्मतले पारित गरेको हो । यो संगै नेपालकाे भाैगाेलिक अखण्डता, एकता र सार्वभाैमसत्ताकाे पक्षमा अभूतपूर्व राष्ट्रिय सहमति भएको दिनको रूपमा समेत आजको दिन स्थपित भएको छ ।
नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ । छ दशक अघिदेखिकाे गल्ती सच्याउने अभूतपूर्व एकता, सहमति र ऐतिहासिक फैसला भएको छ । संविधान संशोधन भएसँगै देशव्यापी रुपमा दिपप्रज्वलन गर्ने कार्यक्रम समेत भइसकेको छ ।
तपाईको प्रतिक्रिया