रोल्पा, ३१ जेष्ठ । रोल्पामा आज थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका हुन् । यससँगै रोल्पामा कोरोना संक्रमित हुनेको संखया ३४ पुगेको छ ।
संक्रमित १७ जनामध्ये ५ जना रोल्पा नगरपालिका र १२ जना सुनिलस्मृति गाउँपालिकाका रहेका छन् । जसमध्ये रोल्पा न.पा. १ का ५ जना क्रमशः १८, २५, २२, १८ र २१ वर्षीय पुरुष र सुनिलस्मृति गाउँपालिका वडा नं. १ का ६ जना क्रमशः ४०, ४७, २०, १८, ४० र २१ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको छ । यसैगरी सुनिलस्मृति गाउँपालिका वडा नं. २ का १ जना २१ वर्षीया महिला, र ४ जना क्रमशः १८, २९, २७ र २४ वर्षीय पुरुषमा संक्रमण देखिनुका सोही गाउँपालिकाको वडा नं. ४ का १ जना ३५ वर्षीय पुरुषमा पनि कोरोना सांक्रमण पुष्टि भएका छन् ।
यससँगगै रोल्पामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । ती सबै सुनिलस्मृति गाउँपालिकाका रहेका छन् । उनीहरुलाई रोल्पाको सदरमुकाममा रहेको जिल्ला स्तरीय आइसोलेशनमा उपचार भइरहेको छ । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अहिले थपिएका १२ जनासहित सुनिलस्मृति गाउँपालिकामा मात्रै २९ जना कोरोना संक्रमित पुगेका छन् । रोल्पाका कोरोना संक्रमित सबै भारतबाट आएको बुझिएको छ ।
तपाईको प्रतिक्रिया