Site icon Kathmandu Bulletin

खुल्ला सीमाना र व्यावस्थापनको सान्दर्भिकता

नेपाल र ईष्टईन्डिया कम्पनी सरकारवीच सन् 1816मा भयको सुगौली सन्धिले 204917 बर्ग कि मी सम्म फैलिएको विशाल नेपाललाई मेचीकालीभित्र खुम्च्याईदियको तीतो यथार्थ हाम्रो सामु खड्किएको छ। तत् पश्चात सन्ध्याकालिन 1816 मै भयको पुर्वितराई फिर्ता गर्ने स्मृतिपत्र र सन् 1860 को पश्चिम तराई फिर्तागर्ने नयाँमुलुक फिर्ता सन्धिले 147557वर्ग कि मी क्षेत्रफल भयको आधुनिक सीमानामा कायम भयको थियो। यसको दक्षिण,पश्चिम र पुर्व गरी कुल 1690कि मी (1050.12वर्गमाईल) दुरी भारत संग खुल्ला सीमाको रूपमा रहदै आयको छ। यो खुल्ला सीमाना अल्प कालीन मात्र नभै दीर्घकालिन रूपमा समेत नेपालको लागी अभिसाप सिद्द हुदै गयको छ। नेपाल र भारत विच खुल्ला आवतजावत कहिले देखी सुरू भयो भन्ने एकिन तत्य नभएपनि हाल खारेज भैसकेको नेपालर इस्ट इन्डिया कम्पनी सरकारवीच सन् 1923मा भएको मैत्री सन्धि पश्चात खुल्ला आवतजावत हुने गरेको कुरा बुढापाकाहरुबाट सुन्न पाईन्छ। जुन सन्धी नेपालको

सार्वभौम सत्तार स्वतन्त्रतालाई वेलायतद्वारा स-सम्मान स्वीकारियको सन्धि हो । तत् पश्चात स्वतन्त्र भारत सँग सन् 1950 मा भएको “शान्ति तथा मैत्री सन्धि ” नामाकरण गरिएको सन्धि को धारा 7 मा एक देशका नागरिकले अर्को देशमा स्वतन्त्र रुपमा चलफिर र व्यपार गर्न पाउने भन्ने कुरा उल्लेख भएको भएपनि सीमाना खुल्ला रहनेछ भन्ने कुराको आधिकारिकता कतै पुष्टि गर्न सकिदैन । सन् 1950 को असमान सन्धि होस् या खुल्ला सिमानालाई लियर नेपालमा समय समयमा विरोधका आवाजहरु देखापर्ने गरेका छन् । कसैले आन्दोलन गर्ने त कसैले यसैलाई राजनैतिक भर्याङ बनाई सत्तामा समेत पुगेका छन् । तर “जति जोगी आए पनि कानै चिरेका ” भने जुन सुकै पार्टी सत्तामा पुगे पनि यो सन्धि नविकरण वा खारेज गर्ने तर्फ संवाद अगाडि बढाउन सकेको देखिँदैन। विभिन्न राजनैतिक विश्लेषकहरूले समेत सन् 1950को सन्धिलाई नेपाललाई घेराबन्दी गर्ने र नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई कुन्ठित गर्ने भारतिय हतियारको रुपमा अर्थ्याएका छन् । जे होस् नेपाल जस्तो सानो अविकसित र जटिल भूराजनीतिक अवस्था भएको देशका लागि खुल्ला सीमाना घातक सिद्ध भैसकेको छ । यसै खुल्ला सीमानाको फाइदा उठाउदै भारतले हाल सम्म नेपालको कालापानी , लीपुलेक,सुस्ता लगायत देशको 71स्थानमा सीमा अतिक्रमण गरी देशको करीब 60600 हेक्टर जमिन बल मिच्याई गरी कब्जा गरेको छ। हालै मात्र नेपालले नेपाली भुमि दाबि गरिरहेको र भारतले विवादित भुमि भन्ने गरेको नेपालको लीपुलेक क्षेत्रमा एकलौटी बल मिच्याई गरी सीमा सम्वन्धि अन्तराष्ट्रिय कानुनको समेत उल्लङ्घन गर्दै तिब्बत मानसरोवर जाने रोडको उद्घघाटन गरेको छ। यो कुकृत्यले दक्षिण एसियामा उसले गर्दै गरेको दादागिरी र हेपाहा प्रवृत्तिलाई पूर्ण उदाङ्गो पारिदिएको छ।

नेपाल माथी सधै गिद्देदृष्टी लगाईरहने नजिकको छिमेकी भनिने भारतले कालापानी लीपुलेक क्षेत्रमा मात्र करीव 37 हजार हेक्टर जमिन आफ्नो कब्जामा पार्न खोजेको देखिन्छ। भारतिय एस एस बी फोर्सका जवान हरूले रातारात सीमापिल्लरहरू नेपालतिर सार्ने र सीमानामा बसेका नेपालीनागरिकहरूलाई तर्साउने,हप्काउने र आतंकित पार्नेगरेको कुरा सम्वन्धित सीमानाका नेपाली नागरिकहरू बाट बुझ्न सकिन्छ। यसका साथै भारतियहरू कयल वा सामुहिक रूपमा नेपालको तराई क्षेत्रमाव्यापारिको रूपमा प्रवेश गरी चोरी,डकैती,हत्या मानब बेचविखन जस्ता अपराधीक कृयाकलापमा संलग्न हुने गरेको र लाखौं खर्च गरेर भय पनि नेपाली कृत्य नागरिकता लिने गरेका तमाम उदाहरणहरु देख्न पाइन्छ। एक देशमा अपराध गरी केही क्षणमै अर्को देशमा गयर लुक्न सकिने भएकोले अपराधीहरूकालागि सहयोगी सिद्ध भएको छ । यति मात्रै होइन नेपालको इतिहासमा घटेका नरसंहारकारी घटनाहरु(राज दरबार हत्याकाण्ड,मदन भण्डारी हत्याकाण्ड,गौर हत्याकाण्ड, टिकापुर हत्याकाण्ड ) मा समेत भारतिय अपराधीक समूहहरुको प्रत्यक्ष वा अप्रत्यक्ष ,सामूहिक वा साङ्गठनिक सम्बन्ध जोडिएको कुरा आम जन मानसमा प्रस्ट भैसकेको छ।

नेपालमाथि भारतले नाकाबन्दी लगाउदा केही भाडामा परिचालित भएका भारतिय अपराधीक समूहहरुले गरेको ढुङ्गा मुडा र घरेलु हतियार प्रहारको नेपाली सुरक्षाकुर्मीको डटेर सामना गर्नु परेको तथ्य भुल्न सकिदैन। यी सबै घटनामा खुल्ला सिमानानै सहयोगी सिद्ध भएको देखिन्छ। म्यान्मारबाट भागेका हजारौ रोहिङ्गा मुसलमानहरु भारतको बाटो हुदै बिना रोकटोक खुल्ला रुपमा नेपाल प्रवेश गरेका थिए जसले नेपालको शान्ति सुव्यवस्था दुरगामी असर पार्ने र निकट भविष्यमै यो विषय राष्ट्रकोलागि टाउको दुखाई बन्न नसक्ला भन्न सकिदैन। विभिन्न् प्राणघातक सरुवारोग को प्रसारणमा पनि खुल्ला सीमानामा सहयोगी देखिन्छ। एक देशमा फैलिएको सरुवारोग तुरुन्तै अर्को देशमा पुगेर राष्ट्रले ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ जसको प्रत्यक्ष उदाहरणको रुपमा हालै विश्वमा फैलिएको Covid-19 महामारीलाई लिन सकिन्छ। भारतसंगको खुल्ला सिमानाकै कारण भारतबाट लुकिछिपी नेपाल पसेकाहरुबाट फैलिएको यो रोगले तराईमा महामारीको रुप लिदै छ। यहीँ जनवरी 15-17 सम्म नेपालमा भएको मुस्लिम सम्मेलनमा समेत नेपाल सरकारको निर्णय विपरीत विश्वका विभिन्न मुलुकबाट भारतको बाटो हुँदै मुसलमानहरु नेपाल भित्रिए जसमध्ये केही अझैँपनि नेपालको मस्जिदमै लुकेर बसिरहेका भन्ने खबर बाहिरीएका छन्। यो विषयलाई नेपाल सरकारले गम्भीर रुपमा लिन जरुरी छ। अघिल्लो वर्ष “होली वाइन काण्ड”को रुपमा चिनिएको क्रिस्चियन सम्मेलन आयोजना हुनु र यो वर्ष मुस्लिम सम्मेलन आयोजना हुनुले नेपाललाई आफ्नो क्रीडा स्थल बनाउन केही अन्तराष्ट्रिय सङ्गठनहरु सक्रिय रहेको बुझ्न गाह्रो छैन।यो होडबाजी निकट भविष्यमा धार्मिक दङ्गाको रुपमा नदेखिएला भन्न सकिदैन।

विश्व शक्ति राष्ट्र अमेरिकाले समेत आफ्नो सिमानामा तारबार लगाउन अग्रसर भइरहेको वर्तमान सन्दर्भमा नेपाल जस्तो सानो गरिब अविकसित र वर्षौदेखि भारतको अतिक्रमण, हेपाइ र पेलाई झेल्दै आएको देशले सीमा व्यवस्थापन गर्न तर्फ ध्यान दिन अति जरुरी भैसकेको छ । जनस्तरमा आवतजावत र व्यपार व्यवसाय गर्न केही सहजता देखिय पनि नेपालको समग्र राष्ट्रिय स्वतन्त्रता , सार्वभौमसत्ता, अखण्डता, शान्ति र सुव्यवस्थामा भने खुल्ला सिमाना अभिसाप हुँदै गएको देखिन्छ। यसर्थ सिमा क्षेत्रका बासिन्दाको जनजिवनलाई मध्यनजर गर्दै हाल सीमानामा खटाइएको सुरक्षा व्यवस्थामा संख्यात्मक र गुणात्मक रुपमा वृद्धि गरी साइरन जडित तारबारले सिमाना बाध्ने र उपयुक्तता र आवश्यकताको आधारमा प्रवेश मार्ग र प्रवेश पासको व्यवस्था गर्दा कुनै आकाश खस्दैन र धर्ती भासिदैन पनि।यसका लागि नेपाली राजनैतिक नेतृत्वले दासी ,हजुरीया , लम्पसारवादी कमजोर राजनैतिक मानसिकता भन्दा माथि उठेर बढ्दै गएको भारतिय हस्तक्षेप र अतिक्रमणका विरुद्धमा निर्भिकताका साथ नेपाली जनतालाइ साथमा लियर दर्हो खर्हो रूपमा उभिने आट गर्न सक्नु पर्दछ । जय देश ।जय स्वाभिमान।। लेखक :धर्मराज बजगाई(विकल्प)

Exit mobile version