काठमाडौं । मुलुकको पूर्वी नाका काकरभिट्टा प्रवेशद्वार मेची पुल नजिक नेपालको नयाँ नक्शा सहितको होडिङबोर्ड राखिएको छ ।
बिहीबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र युवा संगठन राष्ट्रिय युवा संघ मेचीनगर कमिटीले कालापानी लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्शा होर्डिङबोर्ड राखेको छ ।
झापा क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले संयुक्त रुपमा नेपालको नयाँ नक्शा अनावरण गर्नु भयो । नेपालको नयाँ नक्सा जारी गरेर सरकारले देशको भौगोलिक अखण्डतालाई सुरक्षित राखेको प्रदेशसभा सदस्य बुढाथोकीले बताउनुभयो ।
कार्यक्रममा युवा संघ नेता सरोज मेहरा, विनोद मण्डल , लुसन तिवारी अनेरास्ववियु नेता सन्तोष धमला लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया