काठमाडौँ । लकडाउन अवधि लम्बिएपछि जनताका समस्यालाई मध्यनजर गर्दै सरकारले लकडाउनको मोडालिटि परिवर्तन गरेको छ ।
बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चलाउन र निश्चित मापदण्ड अपनायर पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न पहिलो पटक चैत ११ देखि लकडाउन गरेको सुरु गरेको थियो । पहिलो पटकको लकडाउन १८ गतेसम्म भनियपनि कोरोना संक्रमण अझ फैलिदै गएपछि पछिल्लो पटक जेठ ३२ गतेसम्म कडाउन गर्न निर्णय गरेको छ ।
कोरोना संक्रमण तिव्र भईरहँदा लकडाउन थपिईरहेको हो । लकडाउन लम्बिएपछि सरकारले जनताका समस्यालाई मध्यनगर गर्दै लकडाउन मोडालिटी परिर्वतन गरेको हो ।
तपाईको प्रतिक्रिया