वीरगन्ज । वीरगन्जमा अल्पाईन मेडिकल कजेलक टिचिङको एम्बुलेन्सबाट ५६ किलो लागु औषध गाँजा बरामद भएको छ ।
बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो ।
गाँजा ओसारपसारमा संलग्न तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा र्लाहीको लालबन्दी नगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाईवा, सोही ठाउँ बस्ने शोभा सिंह वाइवाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामइश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो रहेका छन् ।
डीएसपी गौतम थापालेका अनुसार गोप्य सुचनाका आधारमा पक्राउ गरेको बताए ।
उनले भने “वीरगन्ज महानगरपालिका वडा नं । २७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले बुधबार बिहानपख करिब पौने ३ बजेतिर गाँजा बरामद गरिएको हो ।”
एम्बलुन्स र गाँजा बुधबार बिहान प्रहरीले पक्राउ गरेको सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सो गाँजा पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारतर्फ लैजान लागिएको थियो ।
पत्रकार सम्मेलनमा डिएसपी थापाले लकडाउनको बेला सुविधाको गाडी प्रयोग गरेर यस्ता गतिविधि गर्ने सन्जाल नै हुनसक्ने भएकाले निगरानी बढाइएको बताए ।
तपाईको प्रतिक्रिया