चितवन । भरतपुर अस्पतालमा उपचाररत रहेकै अवस्थामा एक कोरोना संक्रमितको आईसीयूमा नै मृत्यु भएको छ ।
मंगलबार बिहान ७ बजे संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा महानगर वडा नम्बर ११ का ६८ वर्षीय वृद्ध रहेका छन् । उनलाई नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पताल सारिएका सारिएको थियो । उनलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमित वृद्ध मुट र निमोनियाको समेत बिरामी रहेको पनि स्रोतले जनाएको छ ।
अहिले संक्रमितको शव भरतपुर अस्पतालको आईसीयूमा राखिएको छ । शवको व्यवस्थापनबारे भने कुनै निर्णय भइसकेको छैन ।
जिल्ला प्रशासन कार्यालयको अनुमति विना संवेदनशील अवस्था बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले भने आपत्ति जनाउनुभएको छ । नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको भन्दै प्रमुख जिल्ला अधिकारी भटटराईले आपत्ति जनाउनुभएको हो ।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
तपाईको प्रतिक्रिया