काठमाडौं । नेपाल राष्ट्र बैकले मौद्रिक नीतिका लागि सुझावको माग गरेको छ । सुझावको लागि बैंकको अनुसन्धान विभागको इमेल अथवा अनुसन्धान विभागको कार्यालय बालुवाटारमा पठाउन सकिन्छ । केन्द्रीय बैंकले एक सूचना सार्वजनिक गर्दै आगामी मौद्रिक नीतिका लागि आफ्ना सुझाव सकिने र सुझव बठाउँदा सोही ठेगानमा पठाउन सकिने जानकारी गराएको हो ।
राष्ट्र बैकको मुद्रास्फीतिलाई नियन्त्रणमा राख्दै वित्तीय स्थायित्व कायम राख्नु मौद्रिक नीतिको प्राथमिकता केन्द्रमा राख्दै नेपाल राष्ट्र बैंककले मौन्द्रीक नीति सार्वजनिक गर्नुपर्ने हुन्छ ।
करोनाले अर्थतन्त्रमा निम्त्याएको असहज परिस्थितिमा मौद्रिक नीति विगतमा जस्तो नीतिगत रूपमा भन्दा पनि वित्तीय क्षेत्र र उद्योगिमा महामारीले परेको प्रभाव न्यूनीकरणमा केन्द्रित हुनेछ । कोरोनाबाट अति प्रभावित व्यावसायिक क्षेत्रका लागि ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा प्रदान गर्न राष्ट्र बंैकले ५० अर्ब छुट्याएको र त्यो राष्ट्र बैंकमार्फत नै वितरण हुने भनेको लगायत वित्तीय क्षेत्र लक्षित अन्य कार्यक्रम पनि बजेटमा समावेश भएकाले आगामी मौद्रिक नीतिले त्यसलाई पनि समावेश गर्नुपर्ने हुन्छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले असारअन्तिम सातासम्म मौद्रिक नीति ल्याउनु पर्ने र सोही अनुसार तयारी भईरहेको बताए । उनले
“अहिले विषम परिस्थितिमा आउन लागेको मौद्रिक नीति पनि विगतको भन्दा केही फरक हुन सक्छ तर प्राथमिकता वित्तीय स्थायित्व र मुद्रास्फीतिलाई नियन्त्रणमा राख्नु नै हुनेछ ।”
कोरोनाको विषम परिस्थिती र मौद्रिक नीतिको प्राथमिकतामा राखेर एकैसाथ बढ्नको लागि विभिन्न स्तरबाट सुझाव आउनु पर्ने भएकाले राष्ट्र बैंकले सरोकारवालासँग सुझाव माग गरेको बताउँदै राष्ट्र बैंकले सुझावलाई सम्बोधन गरेर अगाडि बढ्ने उनले बताए ।
तपाईको प्रतिक्रिया