काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद देवेन्द्रराज कँडेलले सरकारले बिद्युतीय गाडीमा लगाएको कर सत्तारुढ दलकै घोषणा पत्र विपरीत भएको बताएका बताएका छन् । यसअघि यही सरकारले विद्युतीय सवारीमा प्रोत्साहन नीति अघि बढाउनु र अहिले विद्युतीय सवारीमा कर लगाउनु भोटको राजनीति भएको उनको आरोप छ ।
सांसद कँडेलले विद्युतीय सवारीसाधन माथि सरकारले लगाएको कर जनताको हितमा नरहेको भन्दै आजको प्रतिनिधि सभा बैठकमा विरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आर्थिक वर्ष २०७७\७८ को बजेटमा विद्युतीय सवारी साधनमा कर लगाएको विषयमा आपत्ति जनाउँदै आईरहेको छ । प्रतिपक्षी दल कांग्रेसले नाफाको लोभमा जनस्वास्थ्यमाथि खेलवाड गर्न नपाईने र प्रदुषण कम गर्न विधुतिय गाडी प्रयोग गर्नुपर्ने बताउँदै लगाईएको कर जनहित विपरीत भएको भन्दै फिर्ता गर्न माग गरिरहेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा पार्टीका तर्फबाट सांसद देवेन्द्रराज कँडेलले आगामी आवको बजेटमार्फत विद्युतीय सवारीमा लगाइएको औसतमा ११३ प्रतिशतसम्मको कर व्यवस्था प्रतिगमनकारी भएको टिप्पणी गरे ।
बैठकको प्रारम्भमै कांग्रेस सांसद कंडेलले कँडेलले सरकारको यो कदम जनताप्रति उत्तरदायी नभएको र वातावरण विनाशक भएको आरोप लगाएका हुन् ।
विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरी पेट्रोलियम पदार्थको आयात कम गरेर व्यापार घाटा कम गर्न सकिने सांसद कँडेलको धारणा थियो ।
वातावरण प्रदूषण कम गर्न र मानिसको स्वास्थ्यमा सुधार गर्नका लागि विद्युतीय सवारीमा लगाइएको कर फिर्ता गर्नुपर्ने नेता कँडेलले माग गरे ।
नेपालले अन्तरराष्ट्रिय रुपमा गरेको प्रतिबद्धता विपरीतसमेत यो व्यवस्था रहेको बताउँदै उनले प्रदूषण नियन्त्रणका लागि पनि विद्युतीय सवारी साधनमा लगाइएको कर फिर्ता लिई यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड उनले जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया