काठमाडौँ । लकडाउन पश्चात आजबाट सुनचाँदि पसल पुन सञ्चालनमा आएका छन् । लकडाउन पछि आज पहिलोपटक सुनचाँदि बजार खुलेको हो । खुल्ने वित्तिकै सुनमा प्रतितोला प्रतितोला दश हजार ४ सय रुपैयाँले बढेको छ ।
अन्तिमपटक चैत १० गते छापावाला सुनको मूल्य ७७ हजार प्रतितोला रहेको थियो । भने आज अर्थात जेठ २५ गते सुुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चैत १० गते प्रतितोला ७ सय २० रुपैयाँ चाँदीको मूल्य ९ सय २५ रुपैयाँ पुगेको हो।
सुनको भन्सार दर ६ हजार ५ सय रुपैयाँ रहेकोमा बजेटले यसलाई ८ हजार ५ सय रुपैयाँ पु¥याइएको थियो ।
त्यस्तै चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढेको छ । यसअघि ७५ रुपैयाँ थियो, अब ८५ रुपैयाँ पुगेको छ । बजेटले भन्सारदर बढाएको तथा विश्व बजारमै सुनको मूल्य बढेकोले नेपालमा मूल्य बढाएको महासंघले जानकारी गराएको छ ।
तपाईको प्रतिक्रिया