चौरपाटी गाउँ कार्यपालिकाले गर्याे आकस्मिक बैठक
- नयाँ शिविर
- २०७७ जेठ २५ आइतबार

अछाम । जिल्लाको चौरपाटी गाउँपालिका, गाउँ कार्यपालिकाको शनिवार राजनीति दलका नेता, सरोकारवाला तथा बुद्धिजीवीहरुबीच आकस्मक बैठक बसको छ । बैठकमा कोरोना नियन्त्रण उपचार र व्यावस्थपन सम्बन्धमा विभिन्न सुझाव संकलन गरिएको छ ।
गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा भएको बैठकले पालिकाका ७ वटै वडामा निर्माण गरेका बिधालयका क्वारेन्टाइन स्थलको अवस्थाका बारेमा जानकारी आदानप्रदान तथा सरसल्लाह गरिएको थियोे ।
बैठकमा बिधालयमा तत्काल निर्माण गरेका क्वारेन्टाइन मापदण्ड अनुसार नभएकोले हुलका हुल ब्याक्तिलाइ संक्रमणबाट जोगाउनका लागि हरेक ब्याक्तिले सामाजिक दुरि कायम गर्नु पर्ने वडा अध्यक्षले बताए ।
चौरपाटी गाउँ पालिकामा ९ सय ३७ जना देशका विभिन्न जिल्ला र भारत बाट गाउँ फर्केका छन वडा नम्बर १ सिउडिमा १सय ७३ जना, वडा नम्बर २ सोकटमा १सय १८ जना, वडा नम्बर ३ सोकट गगुडामा ७१ जना, वडा नम्बर ४ पायलमा २ सय ६७ जना, वडा नम्बर ५ लुग्रामा १२६ जना, वडा नम्बर ६ दुनिमा ९७ जना र वडा नम्बर ७ मार्कुमा ८५ जना रहेको सिउडी र चौखुट्टे प्रहरी चौकिका इन्चार्जले बैठकमा जानकारी गराएका छन ।
सामुदायिक भवन र बिधालयको भौतिक संरचनाको अभावले अब थप ब्यक्तिलाई क्वारेन्टाइनमा राखेर ब्यबस्थापन गर्न नसकिने तर व्यावस्थानपन गर्नुपर्ने आफ्ना कर्तव्य रहेको बताउँलै वडा अध्यक्षले बैकल्पिक ब्यबस्थाका लागि सोच्नु पर्ने बताएका प्रस्ताव बैठकमा राखेका छन् ।
बैठकमा पालिका अध्यक्ष साउदले उच्च मनोबलका साथ काम गर्न सबैलाई अनरोध गदै कोभिड—१९ को रोकथामको बारेमा पालिकाले गरेका कार्यहरु जानकारी गराउनु भएको थियो ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य एंब चौरपाटी गाउँ पालिकाका इन्चार्ज रामबहादुर थापाले सबै नागरिकले सामाजिक दुरि कायम गर्दै होन क्वारेन्टाइनमा बाहिर बाट आएका ब्याक्तिलाइ राखेर स्वयंसेवक परिचालन गर्दा अझै प्रभावकारी रहने सुझाव व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य एंब सह इन्चार्ज रामबहादुर आउजिले तत्काल संक्रमितलाई सुरक्षित राख्नका लागि तुरुन्तै आइसोलेसन निर्माण गर्न आग्रह गर्नु भयो ।
बैठकमा सुझाव दिने सबै राजनीतिक दलका नेता कार्यकर्ता सरोकारवालाहरुले संघ प्रदेश सरकारले तत्काल स्याब संकलन गरेर पि सि आरको तत्काल ब्यबस्था गर्न माग गर्नु भएको छ । उहाँहरुले आफ्नो कर्तव्यलाई पुर्णता दिन लाग्नुपर्ने र पालिकालाई कोरोना संक्रमणबाट जतिसक्दो सुरक्षित राख्न पहल गर्ने निष्र्कश निकाल्नुभएको हो ।
तपाईको प्रतिक्रिया