बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा रहेको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ । जिल्लाको वडा नम्बर ७ को मष्टा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो ।
वृद्ध २५ वर्षदेखि भारतमा वस्दै आएका उनी जेठ १५ गते गाउँमा आएदेखि क्वारेन्टाइनमा बसेका थिए ।
शुक्रबार राति एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका–७ का वडा अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । गैरेका अनुसार मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ ।
प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार वृद्धको मृत्यु भएको ठाउँको अवस्था बारेमा बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जाने तयारीमा रहेको छ । शव व्यवस्थापन कहाँ गर्ने भन्ने बारेमा घटनास्थलमा गएपछि मात्र टुंगा लाग्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया