काठमाडौँ । योजना अनुसार नै सकुशल १९४ जना नेपाली नेपाल आईपुगे । शुक्रबार साँझ ६ः ०० बजे संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि १६८ जाम नेपाली नेपाल आईपुगेका छन् । म्यानमारबाट भने दिउँसा नै २६ जना आईसकेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले उनीहरु एयर अरेबियाको एविवाई–१७५१ नम्बरको जहाजमार्फत आज साँझ ६ः०० बजे काठमाडौँ अवतरण गरेको जानकारी दिएका हुन् ।
आज युएईबाट आएकामा प्रदेश नं १ का ४६, प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना रहेका छन् । उनीहरुलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया