Site icon Kathmandu Bulletin

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं । सरकारले नेपालमा पनि कोरोना संक्रमणको गति तिव्र भएपछि स्वास्थ्य संकट घोषणा गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण र यसबाट मृत्यु हुनेको संख्या दिनानु दिन बढेरहेको कारण स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) को घोषणा गर्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइसरको कारण अहिले सम्म २५ सय भन्दा बढि संक्रमित भएका छन् भने १० जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ । नेपालको सन्र्दभमा तिव्र हो । यसैगरी कोरोना संक्रमण नियन्त्रण हुन सकेन भने नेपालमा पनि अब अवस्था भयावह हुने भएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको गर्ने निर्णय अनुसार मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दैनिक कोरोना अपडेट गराउँदै मन्त्रालयले गरेको थप व्यवस्थाबारे जानकारी गराएका छन् ।

‘संक्रमितको संख्या बढेसँगै हेल्थ इमर्जेन्सीको बारेमा छलफल भइरहेको थियो,’ उनले भने ‘संक्रामक रोग ऐन २०२० मा संक्रमणको संख्या २ हजारभन्दा बढी भएमा हेल्थ इमर्जेन्सी घोषणा गर्न सकिने भनेर राखिएको छ ।’

सोही अनुसार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरिएको उनले जानकारी दिए ।
‘मन्त्रालयबाट स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा जादै छ, पस्ताव स्वीकृत भइसकेको छैन् ।’ प्रवक्ता देवकोटाले भने ।

संक्रामक रोग ऐन २०२० अनुसार स्वास्थ्य संकटकालको आदेश जारी गर्ने अधिकारी तोक्नु पर्ने हुन्छ । जस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई स्वास्थ्य संकटकाल घोषणा गर्ने अधिकारी तोक्ने निर्णय गरिएको उनले बताए ।
संक्रामक रोग ऐनअनुसार देशको पूरै वा कुनै भागमा संक्रामक रोग फैलिने देखिएमा त्यसलाई रोकथाम गर्न सरकारले आवश्यक आदेश जारी गर्न सक्ने प्रावधान छ । सोही अनुसार स्वास्थ्य मन्त्रालयले संकटकाल घोषणा गर्ने प्रस्ताव गरेको हो ।

Exit mobile version