सरकार आजदेखि तेस्रो मुलुकका नेपाली ल्याउने तयारीमाः आजमात्रै १९४ नेपाली आउँदै
- नयाँ शिविर
- २०७७ जेठ २३ शुक्रबार

काठमाडौं । सरकारले आजदेखि तेस्रो मुलुकबाट नेपाली ल्याउने भएको छ । कोरोना प्रभावको कारण तेस्रो मुलुकमा अलपत्र नेपालीलाई नेपाल ल्याउने तयारी गरेको छ ।
पहिलो चरणमा आज (२३ जेठ) १९४ जना नेपाली काठमाडौं आइपुग्ने छन् । म्यानमारमा अलपत्र परेका २६ जना नेपाली र युनाइटेड अरब इमिरेट्स (यूएई) बाट एअर अरेवियाको जहाजमा १६८ जना नेपाली आज नै नेपाल आउने भएका छन् । उनीहरुको सैनिक विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ ।
यी दुवै खाडी मुलुक यूएई र म्यानमारले आफ्नै खर्चमा नेपालीलाई स्वदेश फर्काउँन थालेको हो । फर्किएकाहरूको हवाई खर्च समेत सोही देशको सरकारले व्यहोर्ने छ । ती मुलुकमा अलपत्र परेकामध्ये साढे २ सय भन्दा बढी नेपालीलाई आफ्नै खर्चमा ल्याइदिने भएका हुन् ।
यूएईले आफ्नोमा अलपत्र परेका नेपालीलाई फर्काउन डेढ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो । म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा फिर्ता हुन लागेको परराष्ट्र अधिकारीले जानकारी दिए ।
म्यानबारबाट नेपाली लिएर उडेको सेनाको विशेष जहाज शुक्रबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । यूएईबाट नेपाली लिएर एयर अरेबियाको चार्टड विमान शुक्रबार अपराह्न काठमाडौंमा अवतरण हुनेछ ।
सरकारले विदेशबाट नेपाल फर्कन चाहने नेपालीहरूको सूची तयार गरिरहेको छ । विदेशमा रहेका नेपाली दूतावास र अन्य कुटनीतिक नियोगमार्फत् नेपाल फर्कन चाहने नेपालीको सूची तयार भइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयका सचिव एवं कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक महेन्द्र गुरागाईले बताए ।
विदेशबाट आएका नेपालीलाई काठमार्डौंमा व्यवस्थापनका जिम्मा नेपाली सेनाको उपत्यका पृतनाले लिएको छ । नेपाली सेनाले तयार गरेको गाडीमा विमानस्थलबाट उनीहरूलाई होल्डिङ एरियामा लगिनेछ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा गरी दुई वटा रिजर्भ सहित नौ वटा होल्डिङ सेन्टर तय गरिएको छ । जसमा काठमाडौंमा एउटा रिजर्भ सहित चार, ललितपुरमा एउटा रिजर्भ सहित ३ र भक्तपुरमा २ वटा होल्डिङ सेन्टर बनाइएको छ ।
होल्डिङ सेन्टरमा स्वास्थ्य परिक्षण गरेपछि उनीहरुलाई स्थानीय तहको समन्यनमा स्थानीय तहमा पठाईने छ सम्बन्धित स्थानीय तहमा पु¥याउनका लागि प्रत्येक प्रदेशमा एक एक जना प्रदेशका मन्त्रीलाई संयोजक तोकिएको छ । नेपाली सेनाले उनीहरूसँगको समन्वयमा विदेशबाट आएका नेपालीलाई स्थानीय तहमा पु¥याउने व्यवस्था मिलाइएको गुरागाईले बताए ।
तपाईको प्रतिक्रिया