Site icon Kathmandu Bulletin

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

बाँके । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको ज्यान कोरोना भाइरसका कारण गएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्यमा समस्या आएपछि क्वारेन्टिनमै ज्यान गएको थियो । बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको ज्यान गएको थियो।

हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टिनमा रहेका ६४१ नेपाली रहेका छन् र सबै भारतबाट आएका हुन्।

Exit mobile version